Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बत्तीसपुतलीमा कोइराला समूहको चियापान, शीर्ष नेताहरू पनि सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले चियापान कार्यक्रम गरेको छ। बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा नेपाली कांग्रेसको खबरदारी अभियानले दसैं, तिहार र छठका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो।

चियापान कार्यक्रम ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ पनि भएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ ।

कार्यक्रममा डा.शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी भएका छन् ।

चियापानमा सहभागीहरुले समानुपातिक बन्दसूचीमा अन्याय भएको र यस्तो अवस्थामा प्रत्यक्षतर्फ पनि देखिन सक्ने भएकाले सजक हुनुपर्ने बताएका छन्।

उक्त समूहले यसअघि आयोजना गरेको खबरदारी सभा, धर्नालगायतका कार्यक्रममा भने पदाधिकारीहरू सहभागी हुने गरेका थिएनन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको एकलौटीविरुद्ध कोइराला समूहले बुधवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077