Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बालुवाटारमा कांग्रेस केन्द्रीय संसदीय समितिको बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठक बसिरहेको छ । आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे छलफल गर्न बैठक बसेको हो ।

बैठकमा निर्वाचन आयोगमा बुझाइसकिएको समानुपातिक उम्मेदवारको बन्द सूची मिलाउने र प्रत्यक्षतर्फ उम्मेदवारहरुको विषयमा छलफल हुने जनाईएको छ ।

समानुपातिक बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेको गुनासो गर्दै शेखर कोइराला समूहले आन्दोलन थालेपछि सभापति शेरबहादुर देउवाले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फका समेत उम्मेदवार चयनबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक राखेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित शीर्ष नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077