Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चन्दाको बाकस राखेर रवीन्द्र मिश्रले गरे उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

विवेकशील साझा त्यागेर राप्रपासँग एकीकरण गरेका वरिष्ठ उपाध्यक्ष बनेका उनले आज (शुक्रबार) उम्मेदवारी घोषणा गरेका हुन् । मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थित भए ।

मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका छन् ।

मिश्र २०७४ को संसदीय चुनावमा पनि सोही क्षेत्रमा उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077