Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मापसे गरेर सवारी चलाउने २१२ जनालाई कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउने २१२ जना सवारी चालक एकैदिन कारबाही परेका छन्।

यस्तै, लेन अनुशासन पालना नगर्ने ३५ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

शुक्रबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्तर्गतका विभिन्न युनिटले उनीहरूलाई कारबाही गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ३५, हर्न बजाउने २५८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २१ र अन्य २, १९२ गरि दुई हजार ७५३ जना सवारी चालकलाई कारबाही गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077