Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान रक्षाका लागि पाँच दलीय गठबन्धन आवश्यक छ : कृष्णबहादुर महरा

रुपन्देही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले संविधान रक्षाका लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन् ।

शनिबार रुपन्देहीको लुम्बिनीमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व सभामुख समेत रहेका महराले यस्तो बताएका हुन् ।

उनले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको लागि पाँच दलीय गठबन्धन जारी राख्नु परेको बताए ।

महराले भने, ‘संविधान कार्यान्वयन गर्न नचाहने तत्वले राष्ट्रपतिलाई प्रयोग गरेर नागरिकता विधेयक प्रमाणीकरणमा अवरोध गरेका छन्, यो राष्ट्रको हित विपरित छ ।’

अहिले पनि संविधान उल्ट्याउन प्रतिगामीहरुको कोशिस जारी रहेको दावी गर्दै उनले संविधान गणतन्त्र लगायतको उपलब्धि बचाउन पनि गठबन्धन गरिएको बताए ।

नेकपा एमालेप्रति संकेत गर्दै नेता महराले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गर्नेहरुले नै संविधान कार्यान्वयन गर्न नचाहेको आरोप लगाए । ​परिवर्तन विरोधीहरुले सत्ता लम्ब्याउन गठबन्धन गरेको भन्ने आरोप लगाउनु अर्थहिन भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077