Jun 24 2026 | २०८३, आषाढ १० गते

24 Jun 2026 | बुधवार, आषाढ १० गते २०८३

बुधवार, आषाढ १० गते २०८३
images
images

एउटै पोखरीमा डुबेर २७ बाँदर मरे

अर्घाखाँची । पोखरीमा डुबेको अवस्थामा २७ बाँदर मृत भेटिएका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको सिचाई पोखरीमा डुबेर २७ बाँदर मरेको अवस्थामा फेला परेका हुन् ।

पहिला एउटा बादर पानी खान जाँदा पोखरीमा परेर पछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादरहरु पनि सोही ठाँउमा डुबेर मरेको हुन सक्ने जिल्ला वन कार्यालय अर्घाखाँचीको आशंका छ ।

पोखरी जंगलको बिचमा रहेको कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको स्थानीयको भनाइ छ ।

मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी ,स्थानीयबासी सबैको रोहबरमा गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077