Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशलाई राजनीतिक दुर्घटनाबाट बचाउन दलहरू सचेत बन्नुपर्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशलाई राजनीतिक दुर्घटनाबाट जोगाउन दलहरू सचेत बन्नुपर्ने बताएका छन् ।

१५३औँ गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमाआयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले यस्तो बताएका हुन् ।

उनले मुलुकलाई राजनीतिक दुर्घटनामा पर्न नदिनका लागि राजनीतिक दलहरू सचेत रहनुपर्ने बताए ।

नेता निधिले त्यसको अगुवाई राजनीतिक दलहरूले गर्नुपर्ने धारणा राखे ।

नेता निधिले नेपालको मात्रै नभई विश्वकै शान्ति, समृद्धि, विकास र मानव अधिकारको प्रवद्र्धनका लागि गान्धी विचाराधारा सबैभन्दा उत्तम बाटो भएको तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077