Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • टी–२० सिरिजमा भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित

    टी–२० सिरिजमा भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित

    अनलाइन नेपाल
  • सोमबार, १७ असोज २०७९
  • 753
    SHARES

    एजेन्सी । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

    पहिले ब्याटिङ गर्दै भारतले दक्षिण अफ्रिकालाई २३८ रनको लक्ष्य दिएको थियो । भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । केएल राहुलले ५७, विराट कोहलीले ४९ र रोहित शर्माले ४३ रन बनाए ।



    दक्षिण अफ्रिकाको प्रदर्शन पनि उत्कृष्ट थियो तर टोलीले जित भने हात पार्न सकेन । भारतले दिएको स्कोर पछ्याउँदै दक्षिण अफ्रिकाको टोलीले तीन विकेट गुमाएर २२१ रन मात्र जोड्न सक्यो ।टेम्बा बाभुमा र रिले रुसो शून्यमा पेभिलियन फर्किए ।



    मार्कराम पनि खास केही देखाउन सकेनन् र अक्षर पटेलको बलमा आउट भए । तर डेभिड मिलरले ४७ बलमा १०६ रन र क्विन्टन डी ककले ४८ बलमा ६९ रन बनाए पनि यी दुई खेलाडीको धुवाँदार इनिङ्सले पनि टोलीलाई जिताउन सकेन ।

    यसअघि तिरुवनन्तपुरममा भएको पहिलो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गरेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल ४ अक्टोबरमा इन्दौरमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार