Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी

    अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारत विजयी

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 501
    SHARES

    एजेन्सी। स्पिनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाको सानदार बलिङ सहयोगमा भारतले अस्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा एक इनिङ्स र १३२ रनको जितसहित शृंखलामा अग्रता बनाएको छ । चार टेष्टको शृंखलाका लागि अस्ट्रेलियन टिम भारत भ्रमणमा छ ।

    नागपुरमा २२३ रनले पछि परेको स्थितिमा दोस्रो इनिङ्स सुरु गरेको अस्ट्रेलिया ९१ रनमा समेटिएपछि भारतले इनिङ्स जित निकालेको हो । भारतले तेस्रो दिनमै जित हासिल गरेको हो ।



    टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा १७७ रन बनाएको थियो । स्पिनरहरु रविन्द्र जडेजाले ५ र रविचन्द्रन आश्विनले ३ विकेट लिएपछि अस्ट्रेलिया कमजोर योगफलमा समेटिएको हो । उसका लागि मार्नुस लाबुस्चेनले ४९, स्टिभ स्मिथले ३६, पिटर ह्याण्ड्सकोम्बले ३१ र एलेक्स केरीले ३६ रन जोडेका थिए ।



    कप्तान रोहित शर्माको शतकीय प्रदर्शनसँगै पहिलो इनिङ्समा ४०० रन बनाएर भारतले २२३ रनको अग्रता बनाएको थियो । टेष्ट क्रिकेटमा आठौं शतक बनाएका रोहितले १२० रनको योगदान गरे ।

    मध्यक्रममा रविन्द्र जडेजाले ७० तथा अक्सर पटेलले ८४ रन जोडे । बलिङमा अस्ट्रेलियाका अफ स्पिनर टड मर्फीले ७ विकेट लिए । प्याट कुमिन्सले २ तथा नाथान ल्योनले १ विकेट लिए ।

    दोस्रो इनिङ्समा अस्ट्रेलियालाई ९१ रनमै समेट्न भारतका रविचन्द्रन आश्विनले ५ विकेट लिए । मोहम्मद सामी र रविन्द्र जडेजाले २–२ तथा अक्सर पटेलले १ विकेट लिए । अस्ट्रेलियाका स्मिथले सर्वाधिक अविजित २५ रन बनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार