Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोलाई

एजेन्सी । चिकित्सातर्फको नोबेल पुरस्कार स्वीडेनका स्वान्टे पाबोले प्राप्त गरेका छन् । स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिईएको हो ।

पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थहरूको आनुवांसिक सङ्केत पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।

नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइएको छ।

उनले पहिले अज्ञात होमिनिन, डेनिसोभाहरू पत्ता लगाउने सनसनीपूर्ण खोज पनि गरेका थिए। प्रोफेसर पाबोले नोबेल कमिटी फर फिजिओलोजी अर मेडिसिनद्वारा उनी पुरस्कृत भएको जानकारी दिइएको छ ।

उनले १ करोड स्वीडिश क्रोनर अर्थात् ८ लाख बेलायती पाउन्ड बराबरको पुरस्कार प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077