Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक नियम उल्लंघन गर्ने ७४८ जना चालकमाथि कारबाही

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ७४८ जना चालक कारबाहीमा परेका छन्।

सोमबार ट्राफिक नियम उल्लंघन गरेका कारण ट्राफिक प्रहरीले उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो ।

जसमा मदिरा पिएर सवारी साधन चलाउने १६२, तीव्र गतिमा सवारी साधन चलाउने ६७, एकतर्फी सडकमा सो विपरीत चलाउने ४४, फुटपाथमा पार्किङ गर्ने ४३ जना रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी अवस्था ठीक नभएका सवारी साधन चलाउने २३, हर्नको अनावश्यक प्रयोग गर्ने १७, जथाभावी यात्रु चढाउने र ओराल्ने २२, रातो बत्तीको उल्लंघन गर्ने १८ र क्षमताभन्दा बढी यात्रु राख्ने ११ जना चालक कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077