Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस जिल्ला सभापतिहरूले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र, सिट बाँडफाँटमा समन्वय गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशका जिल्ला सभापतिहरूले गठबन्धन दलबीच भइरहेको सिट बाँडफाँट र उम्मेदवार सिफारिसप्रति आपत्ति जनाएका छन्।

मधेस प्रदेशका बारासहित ६ जिल्लाका कांग्रेस जिल्ला सभापतिहरूले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर लिखितरुपमै ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका हुन्।

बाराका सभापति राजेश राय यादव, रौतहटका सभापति सुनिल कुमार यादव,सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह, महोतरीका सभापति नागेश्वर यादव,सप्तरीका सभापति रामदेव साह र सिरहाका सभापति रामचन्द्र यादवले देउवालाई ज्ञापनपत्र बुझाएका हुन्।

मधेसका कांग्रेस जिल्ला सभापतिहरूले गठबन्धन दलहरुबीच सिट बाँडफाँटमा मधेसमा कांग्रेसले एकदमै कम सिट लिने सहमित गरेको समाचार विभिन्न मिडियाबाट आइरहेकाले यसले मधेसमा कांग्रेसलाई क्षति पुर्‍‍याउने भएकाले यसप्रति धयान दिन नेतृत्वलाई सचेत गराए।

संघ र प्रदेशसभा क्षेत्रका लागि उम्मेदवार छनोट गर्ने क्रममा केन्द्रीय कार्यसमितिले जिल्ला सभापतिसँग कुनै सल्लाह र समन्वय पनि नगरेको जिल्ला सभापतिहरूको गुनासो छ।

यसरी गर्दा आगामी निर्वाचनमा कांग्रेसलाई घाटा पुग्ने भएकाले बेलैमा ध्यान दिन आग्रह गर्दै मधेसका कांग्रेस जिल्ला सभापतिहरूले मधेसमा गठबन्धन दलहरूबीच सिट भागबन्डा गर्दा र उम्मेदवार छनोट गर्दा जिल्ला सभापतिहरूसँग समन्वय र परामर्श गर्न पार्टी सभापति देउवाको ध्यानाकर्षण गराए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077