Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पहिरो हटाएपछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका २९ को केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर केही बेरअघि सडक दुईतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

केराबारीको पहिरो ६ बजे र अठार किलोको पहिरो साढे ६ बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ । १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो ।

यसअघि आज बिहान सवा ८ बजेको समयमा भरतपुर महानगरपालिका २९ को सत्र किलो भन्ने ठाउँमा लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो बन्द भएको थियो ।

यस सडक खण्डमा लगातार पहिरो खसिरहेकाले पहिरो पूर्णरूपमा पन्छाउन समस्या भइरहेको छ । पहिरो हटाएर गाडी सञ्चालनमा ल्याउने गरेको भए पनि फेरि अर्को ठाउँमा पहिरो खसेर सडक बन्द हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077