Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फ्रान्सकी साहित्यकार एर्नोले पाइन् नोबेल साहित्य पुरस्कार

    फ्रान्सकी साहित्यकार एर्नोले पाइन् नोबेल साहित्य पुरस्कार

    अनलाइन नेपाल
  • बिहिबार, २० असोज २०७९
  • 741
    SHARES

    एजेन्सी । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

    नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ ।



    त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी हुन् । उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन् ।



    एर्नोले व्यवसासयक लेखन थाल्नुपहिले एक शिक्षिकाका रूपमा काम गरेकी थिएन् । उनका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार