Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस,रुस र युक्रेनका मानवअधिकारकर्मीलाई

एजेन्सी । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुस, रुस र युक्रेनका मानवअधिकारकर्मीले पाउने भएका छन्।

नोबेल समितिले बेलारुसको मानवअधिकारकर्मी एलेस बियालियात्स्की,रुसी मानवअधिकार संगठन मेमेरियल र युक्रेनको मानवअधिकार संगठन सेन्टर फर सिभिल लिवर्टीलाई २०२२ नोबेल पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो।

पुरस्कार पाउनेहरुले आफ्नो देशको नागरिक समाजको प्रतिनिधित्व गर्नेछन्। उनीहरुले सत्ताको आलोचना र नागरिकहरुको रक्षा गर्न लामो समयदेखि काम गर्दै आएका छन्।

युद्ध अपराध, मानवअधिकार हनन र शक्तिको दुरुपयोगका घटनाहरूको अभिलेखीकरण गर्ने प्रयासका लागि नोबेल समितिले उनीहरूको प्रसंशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077