Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व आईजीपी सर्वेन्द्र खनाल काठमाडौं ६ बाट उम्मेदवार

काठमाडौं । नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाललाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनाएको छ ।

खनाल यही असोज ६ गते मात्रै एमाले प्रवेश गरेका हुन् ।

नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका थिए ।

खनाललाई यही असोज ६ एमाले पार्टी कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077