काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । शुक्रबार राति बसेको सत्तारुढ गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएपछि समाजवादीले पनि प्रतिनिधि सभा तर्फका आफ्ना उम्मेदवार टुंग्याएको हो ।
निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो ।
पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए ।
१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ - कृष्णकुमार ९किसान० श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ - मेटमणि चौधरी
१४. सल्यान - प्रकाश बुढाथोकी ९ज्वाला०
१५. डोल्पा - धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ - अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर
१८. बझाङ - भानुभक्त जोशी
१९. डोटी - प्रेमबहादुर आले