Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रूपन्देही-१ बाट स्वतन्त्र उठ्ने घनश्याम भुसालको तयारी

काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा एमालेले उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्।

योसँगै भुसालले रूपन्देही-१ मा स्वतन्त्रबाट उठ्ने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ।

उनी निकट स्रोतहरूका अनुसार भूसाललाई सो क्षेत्रमा सत्तारुढ पाँच दलीय गठबन्धनले सघाउने छ । माओवादी र समाजवादीको सल्लाहअनुसार नै रुपन्देही १ मा भुसाललाई चुनाव लडाउन उपयुक्त हुने गठबन्धनमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077