Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रतिनिधिसभा निर्वाचन

    गोरखा-२ पुगेर अब्दुस मियाँले दिए एमालेबाट उम्मेदवारी

    गोरखा-२ पुगेर अब्दुस मियाँले दिए एमालेबाट उम्मेदवारी

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 1.2K
    SHARES

    गोरखा । नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

    मियाँले प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।



    मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।



    एमालेतर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत, क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा सुरेन्द्र थापा, सोही क्षेत्रको ‘ख’ प्रदेश सभामा मोहन भट्टराई,

    क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभामा राजु राना र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशसभामा बसन्त गुरुङ प्रत्यक्षतर्फ एमालेबाट उम्मेदवारी र दर्ताको तयारीमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार