Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंहको निधन

एजेन्सी । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको सोमबार गुरुग्राममा निधन भएको छ ।

यादवको उपचारकै क्रममा उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।

उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो ।

पिसाब संक्रमण, रक्तचाप र सास फेर्न समस्या भएपछि उनलाई एक साता अघि अस्पताल लगिएको थियो ।

सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । यस्तै उनी संघीय सरकारमा रक्षामन्त्रीसमेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077