Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१७ ढल्कुस्थित पुष्पलाल पार्क नजिकबाट महोत्तरीका १८ वर्षीय किशोर लगायत ४ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट ८ सय ५५ ट्याब्लेट सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–९ बाट ६ सय मिलिग्राम ब्राउनसुगर र नगद ३२ हजार ४ सय रूपैयाँ सहित सन्तोष लिम्बू समेत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको सन्तोषको घर खानतलासी गर्दा उक्त पदार्थ र नगद सहित उनीहरूलाई पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट ७ ग्राम ६३ मिलिग्राम खैरो हेरोईनसहित कैलाली कैलारी गाउँपालिका–११ बस्ने ३० वर्षीय राजु चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077