Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्यबाट दिएको राजीनामा स्वीकृत

    खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्यबाट दिएको राजीनामा स्वीकृत

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 837
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले राष्ट्रिय सभा सदस्य पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

    संसद् सचिवालयले भट्टराईको राजीनामा स्वीकृत भएको र उनको पद खाली भएको सूचना मंगलवार प्रकाशित गरेको हो।



    भट्टराईले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका थिए । तर,उनको उम्मेदवारी पार्टीको तर्फबाट कायम हुन सकेन ।



    उनले रुपन्देही ५ बाट प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका थिए । उक्त क्षेत्रबाट त्यसअघि नै एमालेका तर्फबाट बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका थिए ।

    रुपन्देही ५ बाट एमालेका दुई जना उम्मेदवारी परेपछि निर्वाचन आयोगले बासुदेव घिमिरेलाई एमालेको आधिकारिक उम्मेदवारको मान्यता दिएको थियो । उनी राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार