Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन् : खिमलाल भट्टराई

    स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन् : खिमलाल भट्टराई

    अनलाइन नेपाल
  • सोमबार, ४ बैशाख २०८०
  • 459
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न नपाएको बताएका छन् ।

    सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद् भट्टराईले यस्तो बताएका हुन् ।



    सांसद् भट्टराईले भने,‘स्थानीय तह र प्रदेशले सरकारको अनुभूति गर्न पाएनन् । केन्द्रीय तहमा केन्द्रिकृत मानसिकता छ । पाँच वर्ष भइसक्यो अहिलेसम्म प्रदेशको एकल अधिकारका रुपमा रहेको प्रहरी समायोजन हुन सकेको छैन ।’



    सांसद् भट्टराईले संघ सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार नै दिन नमानेको बताए । भट्टराईले स्थानीय तह र प्रदेश भनेका संघका प्रशासनिक इकाइ हुन् भन्ने सोच हावी रहेको गुनासो गरे । सरकारको नियतमै खोट देखिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार