Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने नेकपा एसको चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई आज दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

तोकिएको समयमा उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार तथा उनका प्रस्ताव र समर्थक पार्टीले कारबाही गर्ने चेतावनी दिएको हो ।

पार्टीका महासचिव बेदुराम भुसालले ले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारवाही गरिनेछ ।’

पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077