Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डडेलधुरामा एमालेका स्नेहीद्वारा उम्मेदवारी फिर्ता, बीपी कांग्रेसलाई समर्थन गर्ने

डडेल्धुरा । डडेल्धुरामा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका चक्र स्नेहीले आफ्नो उम्मेदवारी लिएका छन्।

बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने निर्णय कार्यान्वयन गर्न स्नेहीले आफ्नो उम्मेदवारी लिएका हुन् । बुधबार उनले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यहाँ एमालेले कांग्रेस बिपीका उम्मेदवार कर्ण मल्ललाई सर्मथन गर्ने निर्णय गरेको भए पनि स्नेहीले केन्द्रबाट प्रष्ट निर्देशन नआएको भन्दै उम्मेदवारी दर्ता गराएका थिए।

अब त्यहाँ प्रतिनिधि सभातर्फ कांग्रेस बिपीका मल्ललाई एमालेले समर्थन गर्ने छ। सत्ता गठबन्धनबाट डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन्।

यसैगरी, कांग्रेसका बागी उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077