Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

काठमाडौंमा एकैदिन साढे तीन हजार सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले नियम उल्लंघन गरी सवारी चलाउने साढे तीन हजार चालकलाई कारबाही गरेको छ ।

प्रहरीका अनुसार बिहीबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तीन हजार ६१७ जना चालकलाई कारबाही गरिएको हो।

जसमा फुटपाथमा पार्किङ गर्ने ३३४ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १८१ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १२३ जना छन्।

यसैगरी ढोका खुल्ला राखेर सवारी चलाउने १०१ जना, सडक लेन उल्ल‌ंघन गर्ने ९५ जना, रातो बत्तीको उल्लंघन गर्ने ६७ जना, एकतर्फी सडकमा सोविपरीत चलाउने ५८ जना र क्षमताभन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077