Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्‍न सुरु, उर्जा मन्त्री भुसालद्धारा उद्घाटन

सिन्धुली । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्ने कार्य उर्जा मन्त्री पम्फा भुसालले स्विच अन गरी उद्घाटन गरेकी छिन ।

टीबीएम मेसिन जडानसँगै सुनकोसी मरिण डाइभर्सनको सुरुङ खन्ने काम उर्जा मन्त्री पम्फा भुसालले स्विच अन गरी उद्घाटन गरेकी हुन् । दुई सय ३० मिटर लामो टनेल बोरिङ मेसिन (टीबीएम) को प्लेटफर्म तयार गरि जडान गरेपछि सुरुङ खन्न थालिएको हो ।

मरिन खोलबाट टनेल खन्न सुरु गरेको ठेकदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजबाट टनेलका लागि तालिका बनाएको छ ।

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षभर सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । सुनकोशी नदीको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077