Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुदूरपश्चिम र कर्णाली प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । शनिबार दिउँसो देशभरको मौसम आंशिक बदली हुने देखिएको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

शनिबार राति देशको पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। अहिले नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ।

राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077