Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ।

जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।

पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ। बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका बस, मालबाहक ट्रक र जीप रोकिएको प्रहरीले जनाएको छ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरी सडक खुलाउन प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077