Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एभर्टनमाथि टोटनहमको सहज जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले सहज जीत हात पारेको छ । गएराति भएको खेलमा टोटेनहमले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

ह्यारी केनले ५९ औं मिनेटमा पेनाल्टीबाट गोल गरे । त्यसपछि दोस्रो गोल पिएरे इमिले होजबर्गले ८६ औं मिनेटमा गरे ।

जीतसँगै टोटेनहमले १० खेलमा २३ अंक जोडेको छ । टोटेनहम तेस्रो स्थानमा रहेको छ ।

एभर्टन १० अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077