Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेर आएको छ ।

आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको हो । निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ ।

नेपाल आयल निगमले भारतबाट मूल्य बढेर आएकाले मूल्य बढ्न सक्नेतर्फ पनि संकेत गरेको छ । निगमका अनुसार आज आएको नयाँ मूल्य सूची अनुसार डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेको छ ।

नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ।

योसँगै निगमलाई डिजेलमा ६.३४ रूपैयाँ प्रतिलिटर घाटा हुने बताएको छ । त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा छ।

पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा हुने निगमको भनाइ छ । अब समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड नाफा हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077