Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ट्राफिक प्रहरीद्वारा २१ वटा बाइक र स्कूटर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

काठमाडौं । हराएका २१ दुई पांग्रे सवारी साधन बरामद गरी ट्राफिक प्रहरीले सवारी धनीलाई हस्तानान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेका हुन् ।

चोरी भएका दुई पाङ्ग्रे सवारी साधनबारे सवारी धनीले दिएको उजुरीका आधारमा खोजतलास गर्दा १५ मोटरसाइकल र ६ स्कूटर भेट्टाएर हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

गत साउनदेखि असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको गुनासोसहितका ४०२ निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दर्ता भएका थिए ।

सोही आधारमा खोजतलास गर्दा १५९ साधन फेला परेका थिए । सोमबारसहित असोजमा ३२ सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077