Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मोटरसाइकलमा बसेर चुनाव प्रचार गर्दै उद्योगपति चौधरी

नवलपरासी  । उद्योगपति विनोद चौधरी चुनावी प्रचार प्रसारमा जुटेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका चौधरी मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुटेका हुन् ।

घरदैलो अभियानकै क्रममा रहेका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताए । उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताएका छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा उनले लेखेका छन्, 'देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु ।

धेरै हेर्‍यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’

देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै किसानका समस्या हल गर्न आफू लाग्ने उनले बताए । चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077