Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

उपचुनावमा इमरान खान बहुमत सिट जित्न सफल

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार उपनिर्वाचनमा बहुमत सिट जित्न सफल भएका छन् ।

यसबाट छ महिने सरकारलाई तोकिएको मितिभन्दा अगावै आम निर्वाचन गर्नका लागि दबाब दिने उनको अभियानलाई थप गति प्राप्त भएको छ ।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार खानले आठमध्ये सात सिटका लागि प्रतिस्पर्धा गरेकोमा छ सिट जित्न सफल भएका हुन् ।

सत्तारूढ गठबन्धन सरकारका सदस्यको रूपमा रहेको पाकिस्तान पिपुल्स पार्टीले बाँकी दुई सिट जितेको छ । पुनः निर्वाचनका लागि पूर्वप्रधानमन्त्री खानले एक बाहेक सम्पूर्ण सिटबाट राजीनामा दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077