Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमले ल्यायो 'अटम अफर', के–के छन् सुविधा

काठमाडौं । नेपाल टेलिकमले अटम अफर सञ्चालनमा ल्याएको छ ।

कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोही अफर अन्तर्गत केही प्याकहरूलाई अद्यावधिक र केहीलाई निरन्तरता दिइएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही असोज २९ गतेदेखि कार्यान्वयनमा ल्याइएको यो अफर बढीमा आगामी ९० दिनसम्म सञ्चालनमा रहने जनाइएको छ ।

यस अन्तर्गत सजिलो प्रिपेड कम्बो अफर, सजिलो अनलिमिटेड प्रिपेड प्याक, सस्तो प्रिपेड प्याक, अननेट एसएमएस प्याक र इन्डिया कल अफर लगायतका विभिन्न प्याकहरू सञ्चालनमा ल्याइएको छ ।

यस्तै सजिलो प्रिपेड कम्बो ३४९ अन्तर्गत प्रतिदिन ५०० एमबी डाटा, प्रतिदिन ५० मिनेट (अल नेटवर्क) भ्वाइस र दैनिक ५० वटा (अल नेटवर्क) सन्देश पठाउन सकिने लगायतका सुविधा उपलब्ध छन् ।

अन्य प्याकहरू र अफरमा पनि विभिन्न आकर्षक सुविधाहरु उपलब्ध रहेका छन् । अटम अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले एस्ट्र १४१५ ह्याजकी डायल गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077