Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

दिल्लीमा चलिरहेको इन्टरपोल बैठकमा अन्डरवर्ल्ड डन दाउदबारे चर्चा , पाकिस्तानमाथि प्रश्न उठ्यो

एजेन्सी। पाकिस्तानी प्रतिनिधिमण्डललाई दिल्लीमा चलिरहेको इन्टरपोल सम्मेलनमा अन्डरवर्ल्ड डन दाउद इब्राहिम र लश्कर-ए-तैयबा प्रमुख हाफिज सइदको बारेमा प्रश्न गरिएको छ।

पाकिस्तानी प्रतिनिधिमण्डललाई एक पत्रकारले सोधेका थिए,  दाउद इब्राहिम र हाफिज सईद भारतमा मोस्ट वान्टेड छन्, के पाकिस्तानले उनीहरुलाई भारतसामु सुम्पेला ?

यस प्रश्नको जवाफमा संघीय अनुसन्धान एजेन्सीका महानिर्देशक मोहसिन बटले केही भन्न मानेनन् ।

विश्वलाई सुरक्षित बनाउन सबै सदस्य राष्ट्रका प्रहरी निकायलाई सहयोग गर्नु इन्टरपोलको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको छ ।आज दिल्लीमा इन्टरपोलको ९०औँ महासभा भइरहेको छ । यस महासभामा १९५ देशका प्रतिनिधि सहभागी छन् ।

यी प्रतिनिधिहरूमा सदस्य राष्ट्रका मन्त्रीहरू, प्रहरी प्रमुखहरू, केन्द्रीय ब्यूरो प्रमुखहरू र वरिष्ठ प्रहरी अधिकारीहरू समावेश छन्।

यो महासभा  १८ देखि २१ अक्टुबरसम्म चल्नेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो यो महासभालाई सम्बोधन गरे।

महासभा इन्टरपोलको सर्वोच्च प्रशासकीय निकाय हो र यसको सञ्चालन सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू लिन प्रत्येक वर्ष एक पटक बस्ने गर्दछ। यो महासभा २५ वर्षपछि भारतमा आयोजना हुँदैछ । पछिल्लो पटक सन् १९९७ मा भारतमा आयोजना भएको थियो ।

केन्द्रीय गृहमन्त्री अमित शाह, इन्टरपोलका अध्यक्ष अहमद नासेर अल रैसी र यसका महासचिव जर्गेन स्टक पनि महासभामा उपस्थित छन्।

https://twitter.com/ANI/status/1582308774932463616?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1582308774932463616%7Ctwgr%5Ea7acd1c3cd1c80efc468d83d579eba3882d656e4%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.bbc.com%2Fhindi%2Flive%2Findia-63295505

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077