Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकीकृत समाजवादीद्वारा २५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा २ हजार ५ सय १ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा सो समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरू, केन्द्रीय परिषदका पदाधिकारी एवम् सदस्यहरू र पार्टी प्रदेश कमिटीका पदाधिकारीहरू रहनेछन्।

त्यस्तै बैठकले महासचिव भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ ।

सचिवालयमा पार्टी उपमहासचिव गंगालाल तुलाधर, विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भूसाललगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077