Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • तिहारमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गर्न रोक, बिक्री गरे १ लाखसम्म जरिवाना !

    तिहारमा प्लास्टिकजन्य फूलगुच्छा र माला बिक्री गर्न रोक, बिक्री गरे १ लाखसम्म जरिवाना !

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 696
    SHARES

    काठमाडौं । प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा सरकारले रोक लगाएको छ ।

    बिहीबार सूचना जारी गर्दै वन तथा वातावरण मन्त्रालयले यस्तो जानकारी गराएको हो । प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ।



    गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।



    तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार