Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सहकारी सेवा केन्द्रका कर्मचारीमाथि गोली हान्ने चार जना पक्राउ

सर्लाही । सर्लाहीको बागमती नगरपालिका -१ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट गर्न कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव,

बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी रहेका छन् ।

सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले गोली प्रहार गरेको घटनामा संलग्न चारै जनालाई पक्राउ गरेको हो ।

उनिहरुले बुधवार विहान करिब साढे १० बजे सहकारीको सेवा केन्द्रमा लुटपाट गर्ने उदेश्यले कर्मचारी कार्कीमाथि चार गोली प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077