Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ग्राहकको अश्लिल भिडिओ रेकर्ड गर्ने रेष्ट्रो क्याफेका म्यानेजर पक्राउ

काठमाडौं । लजको कोठामा बसेका ग्राहकको गोप्य रुपमा ‘अश्लिल भिडिओ’ रेकर्ड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ घर भइ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो एण्ड क्याफेमा म्यानेजर पदमा कार्यरत ४२ वर्षीय मुकेश माली छन्।

कात्तिक २ गते अन्दाजी दिउँसो २ बजेतिर उक्त लजमा आएका पाहुनाहरुको उनले गोप्य रुपमा अश्लिल भिडिओ रेकर्ड गरेका थिए।

भिडिओ रेकर्ड गरेको सूचना आएपछि तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनको मोबाइल फोन नियन्त्रणमा लिएर चेक गर्दा अश्लिल भिडिओ फेला परेपछि उनलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका उनलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077