Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इमरान खान पाँच वर्षसम्म चुनाव लड्न नपाउने

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषणा गरेको छ ।

आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो ।

प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताएका थिए ।

आयोगले गरेको फैसला अनुसार गलत बयान दिएको आरोपमा इमरानमाथि कारबाही सुरु हुने छ । पूर्व क्रिकेट कप्तानसमेत रहेका इमरान क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा लागेका थिए ।

पाकिस्तान तहरिक ए इन्साफका अध्यक्ष रहेका उनी अगस्ट २०१८ देखि अप्रिल २०२२ सम्म पाकिस्तानको प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077