Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीको गाडी दुर्घटना : मृतकको संख्या ४ पुग्यो, तीन गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तुमा शुक्रबार साँझ भएको सशस्त्र प्रहरीको गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

जिल्लाको तौलिहवा सडक खण्डअन्तर्गत शुक्रबार साँझ ८ बजेतिर वाणगंगा नगरपालिका–३, सिउटीमा साइकल यात्रु बचाउने क्रममा ना १ ग ५५४ नम्बरको ट्रक दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई सशस्त्र प्रहरीका हबल्दार रमेश चौधरी र जवान जनक चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार गराउँदा गराउँदै शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

यसअघि हिजै ट्रक चालक सशस्त्रका सहायक हबल्दार रमेश चौधरी र स्थानीय अमर संग्रामीको मृत्यु भएको थियो । चालक र स्थानीयको जीतपुरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते दुई सशस्त्र र एक जना नेपाल प्रहरीको उपचार भैरहवास्थित मेडिकल कलेजमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077