Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुलामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

दार्चुला । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका-६, उल्लानीमा करिब ८ बजेतिर ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना आगरका स्थानीय र एक जना चौधरी थरका चालक रहेको स्थानीयले बताएका छन् । यस्तै दुई जना घाइते भएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077