Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गगनलाई चाँडै प्रधानमन्त्री बनेको देख्न चाहन्छु : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले गगन थापाको प्रशंसा गर्दै चाँडै नै प्रधानमन्त्रीका रूपमा देख्न चाहेको टिप्पणी गरेका छन् ।

वाग्लेले काठमाडौंमा युथ कांग्रेसले आयोजनामा गरिएको कार्यक्रममा बोल्दै अर्थशास्त्री वाग्लेले यस्तो टिप्पणी गरेका हुन् । कांग्रेस महामन्त्री थापा आफ्नो साथी र नेता पनि भएको भन्दै उनलाई छिट्टै प्रधानमन्त्रीका रुपमा देख्न चाहेको उनले बताए ।

‘गगन थापा मेरो साथी मात्र होइनन्, उनी मेरो नेता पनि हुन्,’ वाग्लेले भने, ‘उनी यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ।’

थापा काठमाडौं एउटा क्षेत्रको मात्र नेता नभएको दाबी गर्दै देशका लागि गगनको आवश्यकता रहेको टिप्पणी गरे । उनले काठमाडौं क्षेत्र नम्बर ४ र सिंगो देश विकासका लागि गगनको नेतृत्व आवश्यक रहेको पनि बताएका थिए। थापा काठमाडौं ४ मा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077