Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : बिल्बाओमाथि बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले एथ्लेटिक बिल्बाओमाथि सानदार जित निकालेको छ ।

आइतवार मध्यराति भएको खेलमा बार्सिलोनाले बिल्बाओमाथि ४-० को जित दर्ता गरेको हो ।

बार्सिलोनाको तर्फबाट ओस्युमाने डेम्बेले, सर्जियो रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेर्रान टोरेसले गोल गरे ।

एकपक्षीय यो जितपछि बार्सा ११ खेलबाट २८ अंकसहित लिगको दोस्रो स्थानमा छ।

पहिलो स्थानको रियल मड्रिडले ३१ अंक बनाएको छ। बार्सासँग पराजित बिल्बाओ १८ अंकसहित लिगको छैटौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077