Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयन गर्न जनमुक्ति सेनालाई सी चिनफिङको निर्देशन

एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले मार्गदर्शक सिद्धान्त चीनको राष्ट्रिय सेनामा पनि लागू गरिने बताएका छन्।

सीपीसीको आइतबार सम्पन्न २०औँ राष्ट्रिय महाधिवेशनका सिद्धान्त सेनामा पनि लागू गरिने बताएका हुन् ।

सीपीसीको महाधिवेशनका मार्गदर्शक सिद्धान्तको अध्ययन, प्रचार र कार्यान्वयन गर्न उनले जनमुक्ति सेनालाई आज निर्देशन दिए ।

जनमुक्ति सेनाको शतवार्षिकीका लागि निर्धारित लक्ष्य हासिल गर्न २०औँ राष्ट्रिय महाधिवेशनका मार्गदर्शक सिद्धान्त कार्यान्वयनमा उनले जोड दिए ।

चिनियाँ राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले प्रमुख सैन्य अधिकारीहरूको बैठकमा भाग लिँदै उक्त निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077