Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दीपावलीसंगै दिल्लीमा वायुको स्तर खराब स्थितिमा

    दीपावलीसंगै दिल्लीमा वायुको स्तर खराब स्थितिमा

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 675
    SHARES

    एजेन्सी । दीपावलीको अर्को बिहान नै दिल्लीको वायुको गुणस्तर खराब अवस्थामा पुगेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार सो क्षेत्रको हावाको गुणस्तर ३२३ पुगेको हो ।

    इन्डिया गेट क्षेत्रमा स्थिति सबैभन्दा खराब रहेको छ । एसएएफएआरले पनि आज दिल्लीको हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको जनाएको छ ।



    दीपावलीका कारण वायुको अवस्था खराब भएसँगै कयौँ क्षेत्रमा पानी ट्याङ्करको मद्दतले पानी छर्किएको छ ।



    दिल्लीमा प्रतिबन्ध गरिए पनि कयौँ ठाउँमा पटाका पड्काइएको थियो । उता उत्तर प्रदेशमा पनि वायुको गुणस्तरका कारण मानिसहरूले समस्या भोगिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार