Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहटको एकघरमा लुटपाट, घटनास्थलबाट हतियार बरामद

रौतहट । रौतहटको कटहरिया बजारमा गएराति एकघरमा लुटपाट भएको छ । ५ जना अज्ञात हतियारधारी समूह गएराति १ बजे कटहरिया ५ गाउँका रामचन्द्र साहको घरमा लुटपाट गरेका हुन् ।

लुटेरा समूहले छाडेर गएको एक थान हतियार घटनास्थलबाट प्रहरीले बरामद गरेको छ।

लुटेराको समूहले विभिन्न गहना, नगद र केही कपाली तमसुक समेत लुटेको पीडित साहले बताएका छन् ।

घटनालगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडीबाट आएको प्रहरी टोलीले लोड गरेको अवस्थामा एउटा घरेलु हतियार थ्रीफिप्टिन पेस्तोल बरामद गरेको छ

। ईलाका प्रहरी कार्यालय गरुडाले घटनास्थलबाट प्रहरीले हतियार बरामद भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077