Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

आरुघाट पुगेर प्रचण्डले सम्झिए आफूले अध्यापन गरेको क्षण

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको आरुघाटमा आफूले अध्यापन गरेको क्षण सम्झिएका छन् ।

शुक्रवार साँझ आरुघाट पुगेका प्रचण्डले आफूले ४६ वर्ष पहिले आरुघाटमा शिक्षक भई अध्यापन गराउँदाको क्षण सम्झिएका हुन् ।

आफूले ४६ वर्षपहिले आरुघाटमा व्यवसायिक शिक्षक भई काम गरे पनि आज पनि सम्झना उस्तै ताजा रहेको बताए । उनले शिक्षकका रुपमा काम गरिरहँदा आरुघाटका बासिन्दाले अपार माया र सद्भाव दिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

उनले, आरुघाटबाटै राजनीतिक आन्दोलनको नेतृत्व गर्ने प्रेरणा प्राप्त गरेको पनि बताएका छन् । प्रचण्डले भने,‘आरुघाटका बासिन्दा तपाईंहरूले जस्तो माया, प्रेम र विश्वास दिनुभयो, मैले आरुघाट सम्झिरहने कारण त्यो पनि हो । मैले जीवनको फक्रदो समय आरुघाटमा तपाईंहरूको बीचमा बिताएको हुँ ।

मैले राजनीतिमा जे गरे, तपाईंहरूकै व्यवहारबाट प्रेरणा लिएको हुँ । मैले व्यवसायिक शिक्षकको हिसाबले किसानहरूको हितमा जे गरे, त्यसबाट पनि मैले प्रेरणा लिएको हुँ ।’

उनले आज पनि देशभरिका जनताले आफूलाई हेर्न चाहेको जस्तो भान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077