Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आफ्नै काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ

खोटाङ । खोटाङमा आफ्नै काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

५९ वर्षीय मान बहादुर राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईलाई प्रहरीले पक्राउ गरेको हो ।

आपसी वादविवादको क्रममा मादक पदार्थ सेवन गरेका पत्थरमानले खुकुरी प्रहार गर्दा मान बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने

खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077